दशैंमा इभि किन्नेलाई सीजी मोटर्सको आकर्षक अफर, नेटा भि र नेटा एक्स किन्दा कस्तो सुविधा ? « Arthapath.com
१४ आश्विन २०८१, सोमबार

दशैंमा इभि किन्नेलाई सीजी मोटर्सको आकर्षक अफर, नेटा भि र नेटा एक्स किन्दा कस्तो सुविधा ?



काठमाडौं । यसपालिको दशैंमा विद्युतीय गाडी किन्न चाहानेका लागि सिजी मोटर्सले आकर्षक अफर ल्याएको छ । दशैं लक्षित गर्दै सिजीले नेटा भि र नेटा एक्समा विशेष अफर ल्याएको हो ।

नेट भि किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन् । जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ । आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भि किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको कम्पनीले जनाएको छ।

यति मात्र होइन, नेटा भि खरिद गर्ने विदेश भ्रमणको समेत अफर रहेको छ । हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन् । अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ ।

साथै नेटा एक्स खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने छ ।

नेटा भिमा ४०.७ किलोवाट क्षमताको ब्याट्री छ । जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ । ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ । १२० एनएम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँने कम्पनीले जनाएको छ । जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ ।

नेटा भि ले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ । यसले एकपटक चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियल का लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमि सम्म छ ।

नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँने कम्पनीले जनाएको छ ।

सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्ने कम्पनीको दावी छ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इको फ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।

सिजी मोटर्सले देशभर २५ भन्दा बढी चार्जिङ स्टेसन र ९० भन्दा बढी सेवा केन्द्रहरूको सुविधा उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्