जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने, ब्याजदर कति ? « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने, ब्याजदर कति ?



काठमाडौं । जोयलङ र एसआरएमब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ ।

सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत दुवै ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्श समेत दिनेछ ।

सम्झौतामा पूजा कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारी किन्न चाहने ग्राहकलाई थप सुविधा हुने अपेक्षा गरिएको छ ।

७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्नेछ । हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यका बाहिरको हकमा सबै शाखाबाट लिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्