नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार, पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको औपचारिक घोषणा « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार, पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको औपचारिक घोषणा



काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ ।

सीजी मोटर्सले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो ।
नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।

अटोवेजले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ। कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ–एनसीएपी मा ५– स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, एसईपीए २.० संरचना, नियमित ओटीए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ।

जी६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ।

सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ। पोखराका ग्राहकहरूले पनि सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन्। सीजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस्