क्रिसमस विशेष : भाटभटेनी सुपर मार्केटमा नामीको रोमाञ्चक सर्प्राइज, ग्राहकलाई के-के छन् सुविधा ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

क्रिसमस विशेष : भाटभटेनी सुपर मार्केटमा नामीको रोमाञ्चक सर्प्राइज, ग्राहकलाई के-के छन् सुविधा ?



काठमाडौं । यो वर्षको क्रिसमसमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ ।

डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी , नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

“अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी“ डिसेम्बर २३ मा सुरु भएको छ । काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ ।

डिसेम्बर २५ मा, काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकहरुले अनुभव लिन पाउनुहुनेछ ।

सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स् हरु आफैं अनुभव गर्न सकिनेछ । नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बनौँ ।


प्रतिक्रिया दिनुहोस्