रोयल इन्फील्डको अनलाइन सर्भिस कुइजका तीन बिजेतलाई पुरस्कार वितरण « Arthapath.com
१२ पुष २०८१, शुक्रबार

रोयल इन्फील्डको अनलाइन सर्भिस कुइजका तीन बिजेतलाई पुरस्कार वितरण



काठमाडौं । रोयल इन्फील्ड मोटरसाइकल्को आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले अनलाइन सर्भिस कुइजका बिजेतलाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले आफ्नो वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस कुइजका ३ जना बिजेतालाई जनही एक–एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको हो । कम्पनीले ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौका रीतिज सापकोटा र काठमाडौ मैपिका सचिन आलेलाई सो पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार रोयल इन्फील्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए । अनलाइन कुइज कार्यक्रम गत कात्तिक १२ गतेदेखि पुस १० गतेसम्म संचालन गरेको थियो । उक्त कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा भाग लिएका ६०० जनाले मध्ये तीन जनालाई लक्कि ड्र मार्फत पुरस्कृत गरीएको थियो । सहभागिले फ्रि सर्भिस चेकअप, फ्री वासीब्गको सुविधा पाएका थिए ।

सोहि अवसरमा अल्फा अटोमोटिभले “सर्भिस मेइस्ट्रो” पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहकले हरेक
बर्षको चार सभिसीब्मा पार्टस, मर्मतसम्हार लगायतका सेवामा बिशेष छुट पाउनेछन् । यसका साथै सहुलियत पनि प्राप्त गर्न स किने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्