जिजी मोटर्सले चितवनमा भव्य लञ्च भयो एक्सपेंग मोटर्स
काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको चितवनमा भव्य रुपमा लञ्च गरेको छ । जिजी मोटर्सले युरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।
काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, यूरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालको उपस्थितिमा एक्सपेंग मोटर्स लञ्च गरेको हो । कम्पनीका मनोज रानाभाटले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्तगर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराउनुभयो । साथै, सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले कार्यक्रमको क्रममा एक्सपेंगका भविष्यका योजनाहरू प्रस्तुत गरे ।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण ई एनसिएपिमा ५– स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि सिपा २.० संरचना, नियमित ओटिए अपडेटहरू, ओएक्सएस अपरेटिङ सिस्टम, र ८०० भि सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।
जी६ को मोटर पावर १९० केडव्लु र टर्क ४४० एनएम छ, जसले ६६ केडव्लुएच ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन् ।