थाइल्यान्डमा नेटाको बाक्लिँदो उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री « Arthapath.com
२४ पुष २०८१, बुधबार

थाइल्यान्डमा नेटाको बाक्लिँदो उपस्थिति, एकै महिना ६८४ युनिट बिक्री



काठमाडौं । सन् २०२४ को डिसेम्बर महिनामा नेटा थाइल्याण्डमा पौने ७ सय युनिट बिक्री गरेको छ । थाइल्याण्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आँकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको छ ।

तोलिकामा नेपाल समेत उपलब्ध गराइएको विभिन्न ब्रान्डका इभिहरु पनि समावेश भएको पाइन्छ । नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरण सिजी मोटर्सले नेटाका दुवै मोडलका कारहरु बिक्री वितरण गर्दै आएको छ ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहाने व्यक्तिहरुका लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्नेछ । जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ ।

१२० एनएम टर्कले यसको गतिशिल ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ । यसले तिव्र गतिको सवारी र ह्यान्डलिङ्लाई सुधार्छ ।

नेटा भि छिटो २० मिनेकोट चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्छ । यसमा एकल चार्जमा ३८० किलोमिटर दायर छ । यो सिएटीएल का लिथियउ आयरन फस्फेट ब्याट्रीले चल्दछ । जसको ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ ।

कम्पनीका अनुसार नेटा एक्स एकल चार्जमा ५०० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ । सीएटीएल का अत्याधुनि लिथियम आयरन फस्फेट ब्याट्रीहरुले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष अथवा १ लाख ८० हजार किलोमिटर वारेन्टीको साथ विश्वासनीयता र दीर्घकालिन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरुले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रुपमा आकर्षक विकलप्क बनाउँछ ।


प्रतिक्रिया दिनुहोस्