‘टाटा म्याजिक बिएस सिक्स’ सिप्रदी ट्रेडिङ्गको इटहरी शाखामा भव्य लन्च
काठमाडौं । टाटा म्याजिक बिएस सिक्स सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग बुधवार इटहरी शाखाबाट टाटा म्याजिक बिएस सिक्स सार्वजनिक गरेको हो ।
सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
यो गाडीमा आधुनिक बिएस सिक्स प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ ।
सिप्रदीले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको छ । यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बिएस६ मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ ।