चिनियाँ कार निर्माता नेटाले प्राप्त गर्यो ठूलो बाह्य लगानी, बिक्री दोब्बर पार्ने लक्ष्य « Arthapath.com
७ माघ २०८१, सोमबार

चिनियाँ कार निर्माता नेटाले प्राप्त गर्यो ठूलो बाह्य लगानी, बिक्री दोब्बर पार्ने लक्ष्य



काठमाडौं । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ ।

यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो । २०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ । नेटालाई बिक्रीलाई दोब्बर पार्ने योजना बनाउँदै छ।

नेटाको घरेलु बिक्री २०२४ को अन्त्य तिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो । जसमा ४०.२ प्रतिशत वार्षिक गिरावट देखिएको थियो।

यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने बताए । उनले कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।

नेटाले प्राप्त गर्यो ठूलो बाह्य लगानी

डुन्युज रिपोर्ट अनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको हो । राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएका छन्।

२०२३ को जनवरीमा नेटा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको एल क्रसओभर सीएटीएलको फ्रिभोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो। यसले नेटा र सीएटीएल बीच लामो साझेदारी रहेको देखाउँछ ।

एक कर्मचारीका अनुसार कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पाट्र्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ। हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ।

नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान, बिक्री दोब्बर पार्ने लक्ष्य

२०२५ जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ ।

गत वर्ष नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना साझा गरेको थियो ।
घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्