बजाजदेखि केटीएम बाइकसम्म : हंशराज हुलासचन्दले निकाल्यो नयाँ मूल्य सूची, अब कुनको कति पर्छ ? « Arthapath.com
६ असार २०८३, शनिबार

बजाजदेखि केटीएम बाइकसम्म : हंशराज हुलासचन्दले निकाल्यो नयाँ मूल्य सूची, अब कुनको कति पर्छ ?



काठमाडौं । नेपाली बजारमा बजाज, केटीएम लगायतका दुईपांग्रे र तीनपांग्रे सवारीसाधन बिक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो आधिकारिक खुद्रा मूल्य सूची सार्वजनिक गरेको छ ।

सवारी तथा ढुवानी साधन आयात गर्ने कम्पनीहरूले खुद्रा मूल्य स्पष्ट रूपमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार कम्पनीले आफ्नो नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

मूल्य सूचीमा बजाज ब्रान्डअन्तर्गतका सस्तोदेखि महँगासम्मका मोटरसाइकलहरू समेटिएका छन् । प्लेटिना १०० ईएस मोडेल सबैभन्दा सस्तो छ । जसको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ मूल्यमा उपलब्ध छ ।

सबभन्दा महँगो केटीएम–३९० एडभेन्चर मोडेलको खुद्रा मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार प्लेटिना १०० ईएसको २ लाख १४ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ डिस्कको २ लाख ५२ हजार ९००, डिस्कभर १२५ एसटीको २ लाख ५६ हजार ९००, पल्सर १२५ नियनको २ लाख ५९ हजार ९०० रहेको छ ।

यस्तै, पल्सर १५० एसडीको ३ लाख १३ हजार ९०० रुपैयाँ, पल्सर १५० टीडीको ३ लाख ३२ हजार ९००, पल्सर एन १५० एबीएस बीएस ६ को ३ लाख ७४ हजार ९०० निर्धारण गरएको छ ।

यता, पल्सर एन १६० डबल डिस्क एबीएस बीएस ६ को ४ लाख ४ हजार ९०० र पल्सर एन २५० डबल डिस्क एबीएस बीएस ६ को ४ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पल्सर एन २५० (नयाँ संस्करण) को ४ लाख ९८ हजार ९००, पल्सर २२० एफ एबीएसको ४ लाख १४ हजार ९००, पल्सर १२५ एनएस एफआई बीएस ६ को ३ लाख ९००, पल्सर १६० एनएस एफआई डबल डिस्क एबीएस बीएस ६को ३ लाख ९० हजार ९०० र डोमिनार ४०० एबीएस बीएस ६ को ६ लाख २० हजार ९०० रुपैयाँ तोकिएको छ ।

यता, तीन पांग्रे सवारीसाधनहरू तर्फ पनि नयाँ मूल्य निर्धारण गरिएको छ । कम्पनीका अनुसार म्याक्सिमा सि (पेट्रोल) को ६ लाख ९९ हजार ९०० रुपैयाँ आरई ४एस (पेट्रोल) बीएस ६ को ६ लाख ९ हजार ९०० मूल्य तोकिएको छ ।

कुनको कति तोकियो मूल्य ?


प्रतिक्रिया दिनुहोस्