शानदार रुपमा सकियो पहिलो ‘नाइमा एक्स्पो’, १ लाख बढीले गरे अवलोकन « Arthapath.com
६ असार २०८३, शनिबार

शानदार रुपमा सकियो पहिलो ‘नाइमा एक्स्पो’, १ लाख बढीले गरे अवलोकन



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न भएको छ । गत बुधवारदेखि चलेको मेला आज सम्पन्न भएको हो ।

लगातर ६ दिनको अवधीमा आवलोककर्ताको उत्तासाहजनक सहभागिता रहेको छ ।

एक्स्पोमा १ लाख अवलोकनकर्ताको उपस्थिति रहेको नाइमाले जनाएको छ । जसले अटोमोबाइल उद्योगका लागि नयाँ दिशा तय गरेको छ ।

एक्स्पोको नतिजा उत्साहजनक रहेको नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । पहिलो प्रयासमा १ लाख जना अवलोकनकर्तालाई आकर्षित गर्नु आफ्नो संस्था र उद्योगका लागि गर्वको विषय भएको उनको भनाई छ ।

एक्स्पोमा विभिन्न सवारी साधान र ब्रान्डहरूको प्रदर्शनी गरिएको थियो । यो एक्स्पो नेपालमा अटोमोबाइल उद्योगको भविष्य र नयाँ ट्रेन्ड्सको बारेमा जनचेतना फैलाउने एउटा प्रभावशाली प्लेटफर्म बनेको वैद्यको दावी छ ।


प्रतिक्रिया दिनुहोस्