जेठ महिनामा बैंकहरुले ब्याजदर नबढाउने निर्णय
काठमाडौं । बैंकर संघले वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढउने निर्णय गरेको छ । संघको निर्णयअनुसार नै वैशाख महिनाको ब्याजदरलाई नै जेठमा पनि निरन्तरता दिइएको हो ।
ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले जेठका लागि पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिएको हो । वैशाख महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११.०३ प्रतिशत दिने जनाएका थिए । जसअनुसार वाणिज्य बैंकहरुले जेठ महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत नै ब्याजदर दिनेछन् ।











