नबिल बैंकको साढे १ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१६ माघ २०७९, सोमबार

नबिल बैंकको साढे १ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा विक्री गर्नका लागि कम्पनीले सोमवार पुनः सूचना जारी गरेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकित गरी आवेदन पेश गर्ने सकिनेछ । तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि उसले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्