प्रभु बैंकको साधारणसभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

प्रभु बैंकको साधारणसभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा



काठमाडौं । प्रभु बैंकको वार्षिक साधारणसभा आज (वैशाख २० गते, बिहीबार) बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बैंकले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ. व. २०८०/०८१ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्