लाभांश पारितका लागि ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

लाभांश पारितका लागि ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभा बोलाएको हो । सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर १२ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्