१९प्रतिशत लाभांश पारितका लागि स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा कहिले ? « Arthapath.com
३ मंसिर २०८०, आईतवार

१९प्रतिशत लाभांश पारितका लागि स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा कहिले ?



काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गतेका लागि बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ७ गते बुकक्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्