राष्ट्र बैंकको एउटै निर्णयबाट एभरेष्ट बैंकका अध्यक्ष पद गुमाएका श्रेष्ठको यस्तो छ कहानी « Arthapath.com
२७ श्रावण २०७६, सोमबार

राष्ट्र बैंकको एउटै निर्णयबाट एभरेष्ट बैंकका अध्यक्ष पद गुमाएका श्रेष्ठको यस्तो छ कहानी



९२ वर्षे विके श्रेष्ठ अव के गर्छन ?

सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएका छन् । तर उनी अत्तपत्त राष्ट बैकलाई टेर्ने मान्छेचाही हैनन । उनले यसअघि पनि पटक पटक यस्ता निर्देशन नमानेको उदाहरण छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र बैंकको परिपत्र जारी भएकै मितिदेखि लागू हुन्छ । यस हिसावले उनी पदमुक्त भैसके । तर नारायाण्दास मानन्धरले अदालतमा मुद्दा हालेका कारण उनी त्यो मुद्दाको निर्णय कुरिरहेका छन ।

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ ९२ वर्षका भए । तर पनि उनी कुनै युवाझै विजनेसमा व्यस्त छन । उनको स्वभाव छ, कसैलाइ बिस्वास नगर्नु । कतिसम्म भने उनी आफ्नै छोरा र श्रीमतिलाई समेत बिश्वास गर्दैनन । यसैकारण उनी अहिले पनि आफ्ना सबै कम्पनीको मुख्य व्यवस्थापन आफै हेर्छन ।

एनआईडिसी अर्थात नेपाल औधोगिक विकास निगमको पहिलो महाप्रवन्धक हुन बिके श्रेष्ठ । तर सो संस्थामा घोटाला भएपछी राजदरवारले उनलाई पक्राउ गरेर जेल हाल्नु भन्ने आादेश दिएपछी उनी फरार भएका थिए । भागेर सिक्कीम पुगेका उनले त्यहा बियर कम्पनी खोले, त्यसैबेला उनले कलकत्तामा होमियापेथिक औषधी कम्पनी पनि खोले । यसका साथगै कपडा व्यापार शुरु गरेका उनले त्यहा अकुत कमाए र दिल्लीमा बिजनेस गर्न पुगे । उनको औषधी कम्पनी एसबिएल अहिले भारतमा होमिपथिक औषधी उत्पादन गर्ने ठुलोमध्येको एक हो ।

दिल्ली पुगेका श्रेष्ठले पन्जाव नेशनल बैंकको सेयर ठुलो परिमाणमा होल्ड गरे र त्यहाको व्यवस्थापनमा पहुच बनाए । त्यसपछी उनी बैंक खोल्नका लागि नेपाल आएका हुन । २०२० सालमा नेपालबाट भागेका श्रेृष्ठ राजपरिवारको सकउय शाशन ढलेपछी मात्र नेपाल आएका थिए । डा. रामशरण महतसग सम्बन्ध बनाएर उनले एभरेष्ट बैंक खोले । उनीसग अर्बौको सम्पत्ति भए पनि उनले नेपालमा एभरेष्ट बैंकबाहेक अन्य कुनै व्यवशायमा लगानी गरेका छैनन । उनको व्यवशाय भारतमा नै छ ।

आजभन्दा २५ वर्षअघि अर्थात् सन् १९९४ सालमा नेपालमा एभरेष्ट बैंकको स्थापना भएको हो । स्थापनाकालमा बैंकको अध्यक्षमा मैत्रदेव पाठक थिए । र पछि बिकेले पाठकलाई हटाएर आफू अध्यक्ष बने । पाठकको मृत्थ्यु भैसकेको छ भने पाठकको नाममा अधिकाश सेयर समेत बिकेले आफ्नो नाममा हत्याएका छन ।

बिके कतिसम्म अबिश्वासी छन भेन आफ्नो दाईलाई उनले एभरेष्टको सन्चालक बनाएका थिए । उनलाई व्यवस्थापनमा सघाउने भनेर नियमित तलब खाने गरी राखेका थिए । तर पछी शंका लाग्या्े भनेर दाईलाई सन्चालकबाटै हटाए । उनले कान्छी श्रीमतीको रुपमा एकजना एअरहोस्टेस विहे गरेका थिए । अहिले कान्छी श्रीमतीसगै बस्छन । उनका छोरा मुकुन्द अमेरिकामा काम गर्थे तर बिकेले उनलाई समेत बिश्वास गरेर आफ्नो विजनेस दिएका छैनन ।

एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् १ करोड ६० लाख ८१ हजार २ सय ६९ कित्ता संस्थापक सेयर छ ।
त्यस्तै, ३०.७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५ सय ३ दशमल ६९ प्रतिशत सेयर सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै हो भन्दा फरक पर्दैन ।

बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।छोरी प्रतिमा श्रेष्ठलाई बिकेले आफ्नो सेयरको हिस्सा दिएका छन । तर उनी बैंकको नेतृत्वमा आउने क्षमता राख्दिनन । यस्तोमा बिकेको नजिकको सन्चालक अरुणमान शेरचन हुन । उनको नाममा ३.२१ प्रतिशत अर्थात् २५ लाख ७३ हजार ६ सय ७३ कित्ता सेयर छ । शेरचन संस्थापकका तर्फबाट बैंकको सञ्चालक समिति सदस्य छन् । उनी बिके श्रेष्ठका अत्यन्तै विश्वासपात्र हुन् । शेरचनका नाममा पनि बिकेले लगानी गरेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्