राष्ट्र बैंकका अधिकारीलाई साखा खोल्न रोक लगाउने तयारी « Arthapath.com
१५ भाद्र २०७६, आईतवार

राष्ट्र बैंकका अधिकारीलाई साखा खोल्न रोक लगाउने तयारी



अर्थमन्त्रीले किन हकारे गर्भनरलाई ?

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको एकैपटक १४ ओटा साखा उद्घाटन कार्यक्रम थियो राजधानीको ५ तारे होलट याक एण्ड यतीमा । कार्यक्रमका प्रमुख अतिथि थिए अर्थमन्त्री डा युवराज खतिवडा ।
मञ्चमा मन्त्रीसंगै थिए राष्ट्र बैंकका दुई गर्भनरहरु । धेरैले गर्भनर मञ्चमा नदेखिएपछि धेरैले कानेखुसी गरे । गर्भनर नेपाल बैंकको पाल्पामा साखा उद्घाटको लागी पुगेका रहेछन । देशभरको १४ ओटा साखा एकै ठाउँबाट उद्घाटन गर्दै मन्त्री खतिवडाले साखा खोल्ने नाउँमा देश नघुम्न आग्रह गरे । उनले गर्भनर पाल्पा पुगेको जानकारी प्रश्चात राष्ट्र बैंकका अधिकारीलाई साखाको रिवन काट्न मरिहत्ते नहाल्न पनि आग्रह गरे ।


छेवैमा बसेका राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय फिस्स हाँसेर अर्थमन्त्रीको कुरा उडाइदिए । पछिल्लो समय राष्ट्र बैंकका गर्भनर डेपुटी गर्भनर सानो साखा उद्घाटनमा पनि पुग्ने गर्छन । मन्त्री खतिवडाले आफु ५ वर्ष गर्भनर हुँदा बाध्यातावस दुर्गमका ५ ओटा साखामात्रै उद्घाटन गर्न पुगेको बताउँदै राष्ट्र बैंकका साथिहरु साखा खोल्न बैंकको पैसा खर्चेर नघुम्न आग्रह गरे ।


बणिज्य बैंकले १४ ओटा साखा अनलाइनबाट एकैपटक खोलेको उदाहरण दिँदै मन्त्री खतिवडाले खर्च धेरै नगर्नुहोस भने । उनले वाणिज्य बैंकले धेरै मुनाफा ग¥यो यो कार्यक्रम पनि बैंकमै राख्नुभएको भए हुन्थ्यो धेरै कमाएकाले हौसिएर होला ५ तारे होटलमा कार्यक्रम गर्नुभएको ।
कार्यक्रममा बैंकका सिईओ किरण कुरमार श्रेष्ठ, डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीलगायतले बोल्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्