आक्रामक बन्दै कामना सेवा विकास बैंक « Arthapath.com
१० माघ २०७६, शुक्रबार

आक्रामक बन्दै कामना सेवा विकास बैंक



११७ औं शाखा भिमसेनगोलामा

काठमाडौं । पछिल्लो समय विकास बैंकहरु पनि बजारमा आक्रामक ढंगले लागेका छन । एनआईसि एसिया बैंकको स्टाटेजी बनाएका प्रविण बस्नेत कामना सेवा विकास बैंकको सिईओमा नियुक्त भएपछि साखा विस्तारमा तिव्रता आएको हो ।

पछिल्लो समय विकास बैंक धमाधम मर्जर र एक्युजिसनमा गइरहेको बेला कामना सेवाले भने आक्रामक बजार विस्तारमा लागेको हो । बैंकले काठमाण्डौ भिमसेनगोलामा ११७ औं साखा संचालनमा ल्याएको हो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा मार्फत सेवा दिइरहेको छ । बैंकले ६० वटा एटिएम, एविविएस सेवासमेत प्रदान गर्दै आउको छ । इन्टरनेट तथा मोवाइल बैंकिङबाट पनि ग्राहाकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्