सानिमा बैंकका ग्राहकलाई एप्पलमा विशेष छुट « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

सानिमा बैंकका ग्राहकलाई एप्पलमा विशेष छुट



काठमाडौं । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.विच एप्पलकाका प्रोडक्ट आइफोन, आइप्याड, म्याकबुकलगायत अन्य एसेसरीजमा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिलमलमा अवस्थित फ्युचर वल्र्डमा एप्पलका उत्पादन खरीद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार सम्मका एसेसरीज प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्ड मार्फत १८ महिनाको मासिक किस्ता इएमआई भुक्तानी गर्न सक्नेछन । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल पा्रलिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्