एभरेष्ट बैंकद्वारा न्यू रोड शाखाको औपचारिक उद्घाटन « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

एभरेष्ट बैंकद्वारा न्यू रोड शाखाको औपचारिक उद्घाटन



काठमाडौं । एभरेष्ट बैंकले न्यू रोड कम्प्लेक्समा नयाँ शाखा औपचारिक रुपमा संचालन गरेको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गरिरहेको छ ।

नयाँ शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरे । डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकलाई संयुक्त रुपमा सम्मान समेत गरे ।

चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखा डिजाइन गरिएको हो । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

इबीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै Best Managed Commercial Bank, 2019 बाट सम्मानित हुनुका साथैै Camels Rating अन्तर्गत Best Rated commercial Bank बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्