सिभिल बैंकको शाखा अब बाङ्गेमुढामा « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

सिभिल बैंकको शाखा अब बाङ्गेमुढामा



काठमाडौं । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा काठमाण्डौको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आईतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा सिभिल बैंकको बाङ्गेमुढा शाखाको उद्घाटन गरे ।

भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि रु २५ हजार आर्थिक सहयोग पनि गरेको छ । सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी ब्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।

त्यसै गरि काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पु¥याउने कुरामा विस्वस्त रहेको बताए ।

उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए ।

उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशालबजारका प्रहरी नायब उपरिक्षक सुनिल जंग शाह लगायत, जनसेवा टा«फिक प्रहरीका निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख ३० हजार बढी ग्राहकहरु रहेको करीव रु. ५३ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्