मोबाइल बैंकिङ लिडर अवार्ड सनराइज बैंकलाई « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

मोबाइल बैंकिङ लिडर अवार्ड सनराइज बैंकलाई



काठमाडौं । सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड पाएको छ । बैंकले मोबाइल बैंकिङ सेवामार्फत नविनतम सुविधा दिएर छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको भन्दै अवार्ड दिइएको हो ।

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई अवार्ड हस्तान्तरण गरेका हुन ।

यो अवार्ड पाउने पहिलो बैंक सनराइज हो । बैंकका १ सय ५२ वटा एटिएम, १ सय ३० वटा शाखा, २ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क र ८ हजार भन्दा बढी रेमिटेन्स एजेन्ट छन्। बैंकका ६ लाख ग्राहक छन् ।


प्रतिक्रिया दिनुहोस्