राष्ट्र बैंकले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

काठमाडौं । आर्थिक बर्ष २०७६÷०७७ को बजेटमार्फत सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले प्रक्रिया सुरु गरेको छ ।
यस्तो ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमद्वारा उठाउन सकिने विकल्प सरकारसँग छ । सोही अनुसार अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई ऋण उठाउन अनुमति दिएको हो ।
सरकरले बजेटमा व्यवस्था गरिएको अधिकतम सीमा अर्थात् १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदैछ । त्यसमध्ये ९० अर्बको ट्रेजरी बिल, १०० अर्बको विकास ऋणपत्र, ४ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तयारी केन्द्रीय बैंकले गरिरहेको छ ।