कोरोना कोषमा नविल बैंकको २६ लाख सहयोग
काठमाडौं । नविल बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि सहयोग पुर्याउन २६ लाख २८ हजार सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालक तथा कर्मचारीहरुको तर्फबाट नेपाल सरकारलाई सो रकम हस्तान्तरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो मंगलबार भएको एक कार्यक्रमका विच बैंकका अध्यक्ष सम्भुप्रसाद पौड्याल, र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइरालाको पनि उपस्थिती रहेको थियो ।