३६ बर्ष पुरा भएको अवसरमा नविल बैकले सुरु गर्यो डिजी बैकिंङ « Arthapath.com
२८ असार २०७७, आईतवार

३६ बर्ष पुरा भएको अवसरमा नविल बैकले सुरु गर्यो डिजी बैकिंङ



काठमाडौं । आफनो ३६ बर्ष पुरा भएको अवसरमा नविल बैक लिले अहिलेका नयाँ पुस्तालाई प्रविधि तर्फ आकर्षित गदै डिजी बैकिंङ सुरु गरेको छ ।


बैकिंङको वर्तमान भविष्य डिजिटल नै रहेको नबिल बैकंका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिलकेशरी शाहले बताए ।

उनले आफनो ३० वर्षको बैकिंङ अनुभवमा पनि सबै नेपालीलाई संसारको नयाँ प्रविधिसंग कसरी ल्याउने भन्ने लक्ष्य रहेको बताए ।


हरेक कुरामा चुनौती र अवसर हुने र डिजि बैकंमा पनि चुनौती रहेकाले त्यो चुनौतीइलाई भोलीका दिनमा नबिल बैंकका गा्रहाकहरुलाई अवसरको रुपमा प्रदान गनुपर्ने उनले बताए ।


बंैकले १२ वर्ष अगाडी नै अनलाईन बैंकिङ सेवा प्रदान गरेपनि प्रभावकारी नभएको र अहिलेको कोभिड १९ को महामारीको समयमा प्रभावकारी भएको शाहले बताए ।

नविल बैंकका डिजीटल बैकिंङ प्रमुख विनयकुमार रेग्मीले डिजि बैंकको उदेश्य ६५ प्रतिशत नेपाली बंैंकको पहुचमा पुगेका र बाँकी ३५ प्रतिशत नेपालीलाई पनि बैंकको पहुजमा पर्याउनु रहेको बताए । यो राष्ट्रिय आवश्यकता र उद्देश्य रहेको रेग्मीले भर्जुअल मिटिङमा बताएका छन् ।

बैंकले डिजी बैंकको लागी ७२ जना कर्मचारी छुटाइसकेको पनि जनाइएको छ । धेरै नेपाली स्मार्ट फोनको पहुजमा पुगीसकेकाले अब गा्र्रहाकले मोबाईलबाटै सबै बैंकिङ सुविधा उपलब्ध गराउने गरी डिजिटलको काम गरीरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्