ग्लोबल आइएमई बैंकले गर्यो बाग्मती प्रदेशलाई १० लाख सहयोग
ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ ।
आइतबार बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल,लक्ष्मण पौडल र दिपेन्द थापाले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई चेक हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गरेका छन ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।