साना किसान लघुवित्तले कमायो ५४ करोड नाफा, ५ करोड बढायो « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

साना किसान लघुवित्तले कमायो ५४ करोड नाफा, ५ करोड बढायो



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वषमा ५४ करोड ८२ लाख नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आवमा भन्दा ५ करोडले नाफा बढाएको छ । अघिल्लो आवमा लघुवित्तले ४९ करोडमात्रै नाफा कमाउन सफल भएकोमा गत आवमा बढाएको हो ।

गत आवमा साना किसानले २१ अर्व ३७ करोड कर्जा लगानी गरेको थियो । भने १९ अर्व ४२ करोड सापटि लिएको थियो । लघुवित्तले गत आवमा एक अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तले अघिल्लो आवमा भन्दा १९ करोड खुद व्याज आन्दानी बढाएको हो । १ अर्व २ लाख चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा एक अर्ब ९७ करोड राख्न सफल भएको छ । लघुवित्तको खराव कर्जा अनुपात ०।०४ बाट बढेर ०।६८ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्