कोरोना कोषमा कृषि विकास बैंकको ४ करोड १० लाख सहयोग « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

कोरोना कोषमा कृषि विकास बैंकको ४ करोड १० लाख सहयोग



काठमाडौं । कृषि विकास बैंककले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आईतबार ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ रकम सहयोग गरेको छ ।

आज आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, संचालक झक्क प्रसाद आचार्य, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलले सहयोग रकमको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले प्राप्त सहयोग रकम पारदर्शी तवरले कोरोना रोगको व्यवस्थापनमा खर्च गरिने बताए । बैंकहरुले कोरोना विरुद्ध लड्न गरेको सहयोगको प्रशंसा गर्दै मन्त्री खतिवडाले अझै बैंकहरुले प्रगती गरेर सिएसआरमा खर्च गर्न सक्ने बनाउन कामना गरे ।
कार्यक्रममा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौललाले बैंककले अझै प्रगती गरेर सरकारलाई अझै सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्