कामना सेवा बैंकले दियो ग्राहकलाई पिसिआर परिक्षणमा १५ प्रतिशत छुट « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

कामना सेवा बैंकले दियो ग्राहकलाई पिसिआर परिक्षणमा १५ प्रतिशत छुट



काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवा बैंकले ग्राहकहरुलाई पिसिआर परिक्षण्मा छुट दिने भएको छ ।

कामना सेवा विकास बैंकले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परिक्षणको सुविधा उपलब्ध गराउने लागेको हो ।

बैंक र हेल्थ केयरले गरेको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पिसि.ार परिक्षण गर्दा १५५ को छुट हुनेछ ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्