मेगा बैंकको लिलामी शेयरमा आवेदन दिने समय आज सकिदैँ « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

मेगा बैंकको लिलामी शेयरमा आवेदन दिने समय आज सकिदैँ



काठमाडौं । मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने समय आईतबार अन्तिम दिन रहेको छ । बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आवेदन गर्ने आईतबार अन्तिम दिन रहेको बैंकले जनाएको छ ।

मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असोज ११ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो । बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गरेको हो ।

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्