अव नेपाल बैंकमा पव्लिक डाइरेक्टर पनि ३ जना हुने, सरकारको तर्फबाट १ संचालक घटाइए « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

अव नेपाल बैंकमा पव्लिक डाइरेक्टर पनि ३ जना हुने, सरकारको तर्फबाट १ संचालक घटाइए



काठमाडौं । अव नेपाल बैंकमा सरकारको तर्फबाट प्रतिनिधित्व हुने संचालकको संख्य घटाइएको छ । आज सोमबार बसेको नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा भएको व्यवस्थामा परिवर्तन गरेको छ ।

सोमबार भर्चुअल माध्यामबाट भएको विशेस साधारणबाट यसअघि भएको संचालक संबन्धी व्यवस्थामा परिवर्तन गरेको हो । हाल नेपाल बैंकमा सरकारको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जनामात्रै प्रतिनिधित्व हुँदै आएको थियो ।

साधारणसभाले नेपाल सरकारबाट नियुक्त हुने संचालकको संख्या घटाइएको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए । नेपाल बैंकमा सरकारको ५१ प्रतिशत सेयर छ भने अन्य निजी क्षेत्रको ४९ प्रतिसत सेयर रहेको छ ।

पव्लिकको ४९ प्रतिसत सेयर रहेपनि २ जनामात्रै संचालकको प्रतिनिधित्व हुँदै आएको छ । सो संबन्धमा अदालतमा मुद्धा परेपछि ४ सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नेपाल बैंकको प्रबन्ध–पत्र र नियमावलीमा सरकारको तर्फबाट ४ जना र अन्य सर्वसाधारणको तर्फबाट २ जनामात्रै प्रतिनिधित्वको व्यवस्था संबन्धमा पुनरावेदन अदालतमा मुद्धा परेको थियो । सो मुद्धा नेपाल बैंकले हारेपछि साधारणसभाले हाल भएको प्रवन्धपत्र नियामावली परिवर्तनको अख्तियारी संचालक समितिलाई दिएको छ ।


प्रतिक्रिया दिनुहोस्