शुक्रबार हिमालयन बैंकमा देशभरका शाखा बन्द हुने, एटिएम चल्ने « Arthapath.com
१३ कार्तिक २०७७, बिहीबार

शुक्रबार हिमालयन बैंकमा देशभरका शाखा बन्द हुने, एटिएम चल्ने



मोवाइल र इन्टरनेट बैंकिङ पनि बन्द

काठमाडौं । अाज शुक्रबार हिमालयन बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने बैंकले जनाएको छ । हिमालयन बैंकका सबै शाखा शुक्रबार बन्द गर्ने बैंकले एक सूचना जारी गरी जानकारी दिएको छ ।

हिमालयन बैंकले हाल प्रयोग गरिरहेको बैंकको सफ्टवेयर टि–२४ को आर–१९ हो । सो सिस्टम अपग्रेड गरी बैंककले अहिलेको लेटेस्ट आर–१९ भर्जन अपग्रेड गर्न लागेको बैंकको जनरल म्यानेजरे उज्ज्वल राज राजभण्डारीले जानकारी दिए ।

बैंककले सिस्टम अपग्रेडको लागी नगद काउन्टर, मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङका सबै सेवा ३६ घण्टासम्म नचल्लने राजभण्डारीले जानकारी दिए । कात्तिक १४ गते शुक्रबारबाट सिस्टम अपग्रेड सुरु गरेर आइतबार पुरै बैंकिङ सेवा दिनेगरी १ दिन नेपाल राष्ट्र बैंकबाट अनुमती लिएर कारोवार बन्द गरेको राजभण्डारीले बताए ।

अाज हिमालयन बैंकको एटिएम सेवा पस मेसिन, डेविट कार्ड तथा क्रेडिटकार्ड भने चल्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्