मुक्तिनाथ विकास बैंकको डिजिटल ट्रान्जेक्सनमा छुटैछुट, १० देखी ३० प्रतिसतसम्म छुट « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

मुक्तिनाथ विकास बैंकको डिजिटल ट्रान्जेक्सनमा छुटैछुट, १० देखी ३० प्रतिसतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्रहाकहरुलाई थप सुविधा दिएको छ । बैंककले विद्युतिय कारोवारलाई प्रोत्साहन गर्न मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई विभिन्न छुटको स्किम सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंककले कोरोनाको कारण घरैबाट डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरे अनुसार मुक्तिनाथ विकास बैंककले विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट दिनेगरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १०% – ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएम बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्