गरिमा विकास बैंकका अध्यक्ष बस्यालले लिए डेपुटी गभर्नरबाट शपथ « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

गरिमा विकास बैंकका अध्यक्ष बस्यालले लिए डेपुटी गभर्नरबाट शपथ



काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्याम प्रसाद बस्यालले फाल्गुण ३ गते मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिनुभएको छ ।

यस विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित हुनुभएको छ ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।


प्रतिक्रिया दिनुहोस्