डेपुटी गभर्नरको नियुक्तीसंगै राष्ट्र बैंकमा व्यापक सरुवा, पंगेनी र घिमिरे बने कामु इडी, को कहाँ पुगे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई नयाँ डेपुटी गभर्नर नियुक्ती भएसंगै ११ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । सो मध्ये दुई जना निर्देशकहरुले कामु निर्देशकको जिम्मेवारी पाएका छन ।
राष्ट्र बैंकको डेपुटी गभर्नरको दौडमा रहेका डा. प्रकाश कुमार श्रेष्ठ लघुवित्त सुपरिवेक्षणबाट आर्थिक अनुसन्धान विभाग पुगेका छन । राष्ट्र बैंकले चैत्र २ गते ९ कार्यकारी निर्देशकहरु र २ निर्देशकहरुको सरुवा गरेको छ ।

हेर्नुहोस को कहा पुगे ?
१. मुकुन्द क्षेत्री बैंक सुपरिवेक्षणबाट वित्त व्यवस्थापन विभाग
२. ऋषिकेश भट्ट विकास बैंक सुपरिवेक्षणबाट सम्पती तथा सेवा व्यवस्थापन
३. प्रविणराज पौडेल वित्त व्यवस्थापन विभाग विकास बैंक सुपरिवेक्षण विभाग
४. डा. गुणाकर भट्ट आर्थिक अनुसन्धान विभागबाट बैंक सुपरिवेक्षण विभाग
५. नरेश शाक्य बैंकिङ विभाग बाट राष्ट्र ऋण व्यवस्थापन विभाग
६. सुमन कुमार अधिकारी सम्पति तथा लघुवित्त सुपरिवेक्षण विभाग
७. प्रकाश कुमार श्रेष्ठ लघुवित्त सुपरिवेक्षण विभागबाट आर्थिक अनुसन्धान विभाग
८. रामु पौड्याल जनशक्ति व्यवस्थापनबाट विदेशी विनिमय व्यवस्थापन विभाग
९. रामबहादुर मानन्धर संस्थागत योजना तथा जोखिमबाट बैंकिङ विभाग
१०. दयाराम शर्मा पंगेनी मुद्रा व्यवस्थापनबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग
११. तुलसीप्रसाद घिमिरे जनशक्ती व्यवस्थापन विभागबाट जनशक्ती व्यवस्थापन विभागमा














