‘साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ’: पूर्व गर्भरनर क्षेत्री « Arthapath.com
२९ जेष्ठ २०७८, शनिबार

‘साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ’: पूर्व गर्भरनर क्षेत्री



काठमाडौं । राष्ट्रिय खाद्य बैंकको आयोजनामा कृषिका कुरा भाग–१ अन्तर्गत विज्ञहरू बीच भर्चुअल छलफल सम्पन्न भएको छ । उक्त छलफल कृषिमा राज्यको नीति नियम, विधि र प्रकृयाको विश्लेषण, वजेटमा कृषि सम्बन्धी व्यवस्था, अध्ययन अनुसन्धान मार्फत कृषि क्षेत्रको विकास विषयमा केन्द्रीत थियो । उक्त छलफलमा नेपाल राष्ट बैकका पूर्वगर्भरनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्री, नेपाल सरकारका पूर्वमूख्य सचिव अभियन्ता लिलामणी पौडेल, नेपाल अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा.जयबहादुर गुरुङले विशेष बक्क्ताको रुपमा आफ्ना धारणा प्रस्तुत गर्दै राष्ट्रिय खाद्य बैंक मार्फत गरिएको काम सह्रायिन भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दीपेन्द्र बहादुर क्षेत्रीले भने‘–कृषि सेवाको प्रभावमा कस्तो खालको संरचना हुनुपर्छ योजना आयोगले योजना बनाउँछ, ग्रास रुटमा जानुपर्छ भन्ने छ । प्रचार प्रसार हुनपर्छ भन्ने छ । तर, सरकारी क्षेत्रमा जतिसुकै सुधार गर्छु भनेपनि धेरै वाधाहरु आउँछ ।’ उनले भने ‘उत्पादनको माध्यमबाट आयत रोकेर देशको अर्थतन्त्रलाई बाहिर जानबाट रोक्ने सोच सरकारको कहिल्यै भएन । कृषि वजेट कृषकको घरदैलोमा पु¥याउनु पर्छ भन्ने हो । त्यो नभइ कृषकको अनुदान उही बीचको चट्टाहरुले पाएको हुन्छ ।’

डा क्षेत्रीले कृषिमा वैदेशिक लगानीका विषय उठ्दा देशमा साना किसानहरु भएकोले साना माछाले ठूला माछालाई खान्छ भने जस्तै हो । एफडीआईमा विदेशी लगानीकर्ताले ५० प्रतिशत उत्पादन विदेश निर्यात गर्ने भन्ने रहेको बताए । उक्त कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पौडेलले कृषिमा अनुदान प्रदेश सरकारले बाड्ने नभई स्थानीय सरकार अन्तर्गत वितरण गर्नुपर्ने बताए । कृषि अनुदानमा थुप्रै त्रुटी रहेको बताउँदै सुधार गर्नपर्ने बताए सुझाव दिएका छन् ।

लिलामणी पौडेलले आफू कृषि विज्ञ नभए पनि किसानको छोरो भएको नाताले म कृषिमा केही गर्नुपर्छ भन्ने सोचाई राख्ने व्यक्ति भएकोले भविष्यमा राष्ट्रिय खाद्य बैंकसँग आवद्ध भएर काम गर्न इच्छुक रहेको बताए । पौडेलले कृषकको नाममा गएको अनुदान वजेट मतदाता बढाउने प्रकारको भएकोले अनुदानको दायर बढाउनु भन्दा कृषि क्षेत्रको विकासको लागि किसानले उत्पादन गरेको वस्तुहरूलाई भण्डारण गरि अफसिजनमा राम्रो मूल्या पाउने सक्ने संरचनाहरुको निर्माण गर्न जरुरी भएको बताए । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा जयबहादुर गुरुङले नेपालमा अनुसन्धान कार्य प्रशस्तै भएको र कार्यन्यवन पक्ष फितलो कारण कृषि क्षेत्र अगाडि बढ्न नसकेको बताए । गुरुङले भने ‘‘अनुसन्धान गरेपछि प्रसार प्रसार गरि कार्यन्वयनतर्फ अगाडि बढ्न पर्ने हो, त्यस्तो नभई अनुसन्धानको नाममा अनुसन्धान मात्र भएकोले नेपालको समग्र विकासमा वाधा उत्पन्न भएको बताए ।’’ गुरुङले भने ‘‘जे जति अनुसन्धान हुन्छ कार्यन्वयनमा जानु पर्ने हुन्छ । हामीले गरेको अभ्यास कति वैज्ञानिक छ हामी वैज्ञानिकता भन्दा धेरै टाढा छौं ।’’

कृषि विज्ञ डा.भोलामान सिंह बस्नेतले पढेको विज्ञ भन्दा पनि पढेर र परेर आएको विज्ञले किसानले आधारभूत अध्ययन पछि व्यवहारिक रुपमा जाने मात्र सफल भएको बताए । बस्नेतले ‘‘सैद्धान्तिक विषय छाट्ने भन्दा व्यवहारिक रुपमा कृषिलाई अगाडि बढाउनु पर्ने जोड दिए । वर्षे धान भन्दा चैते धानको उत्पादन बढि हुने बताउँदै चैते धानमा जोड दिएमा १५ देखि २५ प्रतिशत बढि उत्पादन लिनसक्ने बताए । राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बंैकमार्फत देशको भोकमरी घटाउन र देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यले खाद्य बैंकको स्थापना भएको बताउँदै खाद्य बंैकको कार्यक्रम लक्ष्य अनुसार अगाडि बढीरहेको बताए ।

अध्यक्ष उप्रेतीले यसै आवदेखि नै कास्की, झापा, बाँके, वर्दिया, कञ्चनपुर लगायत २२ जिल्लामा धान र पहाडी जिल्लामा मकै र कोदो उत्पादन गर्ने कार्य शुरु भैसकेको बताउनु भयो । बैंकले खाद्यान्न उत्पादनको साथै प्रशोधन, भण्डार र बजारीकरण पनि आफै गर्ने गरि पाइलट परियोजनाको रुपमा अगाडि बढेको बताए । कार्यक्रममा धानवाली वीज्ञ डा भोलामान सिंह बस्नेत, त्रिभुवन विश्व विद्यालयका प्रा.डा चन्द्रप्रसाद पोखरेल, आर्थिक लेखक–विश्लेषक रिसव गौतम, खाद्य बैकका लगानीकर्ताको सहभागिता थियो । कार्यक्रमको सञ्चालन अधिबक्क्ता वन्दना उप्रेति तथा सहजीकरण खाद्य बैकका सदस्य सचिव सरिता न्यौपाने र विसज खड्काले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्