माछापुच्छ्रे बैंकका ग्राहकलाई दराज अनलाईनबाट समान खरिद गरि कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको छुट « Arthapath.com
४ असार २०७८, शुक्रबार

माछापुच्छ्रे बैंकका ग्राहकलाई दराज अनलाईनबाट समान खरिद गरि कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको छुट



काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराज ले माछापुच्छ्रे बैंकसँग साझेदारी गरि दराज बैंक डे अफर सुरु गर्ने घोषणा गरेको छ । एस साझेदारी पश्च्यातमाछापुच्छ्रे बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५% वा अधिकतम रु. ५०० सम्मको छुट पाउनुहुुनेछ ।

माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५% सम्मको छुट पाउन सक्नेछन् । माछापुच्छे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नुुहुुनेछ ।

माछापुच्छ्रे बैंकको डेबिट कार्ड भुक्तानीमा १०% अथवा अधिकतम रु. ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५% वा अधिकतम रु. ५०० सम्मको छुट पाउन सक्नुुहुुनेछ । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा ecommerce Activate गर्न सक्नुुहुुनेछ ।

ग्राहकहरूले अब माछापुच्छ्रे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सक्नुुहुुनेछ ।
साथै माछापुच्छ्रे बैंकले दराजसंगको साझेदारीमा ०% EMI सुबीधा पनी ल्यएको छ जस्मा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्ड मार्फत गरेको खरिद लाई ०% EMI मा परिवर्तन गर्न सक्नुुहुुनेछ ।


प्रतिक्रिया दिनुहोस्