गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
काठमाडौं। गरिमा बिकास बैंक कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६” मा विकास बैंक समूह तर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६” बाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस अवार्ड एन्ड सम्मिट २०२६ को १८औं संस्करण कर्पोरेट बिजनेस म्यागजिनद्वारा काठमाडौंको होटल र्याडिसनमा आयोजना गरिएको थियो। सोही कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
अवार्ड वितरण समारोहका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरें। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस उपलब्धिप्रति बैंकले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति निरन्तर साथ, विश्वास र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यसअघि पनि गरिमा बिकास बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा २०२६ मे ८ मा आयोजित “न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड” को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” बाट समेत सम्मान प्राप्त गरेको थियो।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।












