युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति प्रदान « Arthapath.com
६ असार २०७८, आईतवार

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति प्रदान



काठमाडौं । नबिल बैंकको विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई प्राप्ति तथा एक्विजेशन गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको शनिवार सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको १०० बराबर ३५ को शेयर स्वाप रेसियो लाई स्वीकृति दिएको हो । युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर पाउने छन् ।

त्यस्तै, त्यस्तै, सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्