कुमारी बैंकको नाफा ७२.७४ प्रतिशत बढ्दा निक्षेप संकलन १.४८ खर्ब रुपैयाँ नाघ्यो, इपीएस कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७२.७४ प्रतिशत बढेर २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खखुद नाफा १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ थियो ।
गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोड ३१ लाख ९८ हजार रुपैयाँ थियो ।
गत असार मसान्तसम्म बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत बढेर २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ५३.३७ प्रतिशत बढेर ६ अर्ब ८० करोड ५६ लाख ५३ हजार रुपैयाँ र खुद फि तथा कमिशन आम्दानी ५६.९८ प्रतिशत बढेर ७७ करोड ४६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५३.४९ प्रतिशत बढेर १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशत बढेर १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ७.८३ प्रतिशत बढेर ५ अर्ब ११ करोड ९८ लाख ४ हजार रुपैयाँ, निक्षेप २७.५८ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार रुपैयाँ र कर्जा २४.६४ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।