नेपाल बैंकको सबै सूचकमा छलाङ, नाफा ३.६ अर्ब र वितरणयोग्य मुनाफा साढे ३ अर्ब, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

नेपाल बैंकको सबै सूचकमा छलाङ, नाफा ३.६ अर्ब र वितरणयोग्य मुनाफा साढे ३ अर्ब, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेपाल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३१.४० प्रतिशत बढेर ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड ८८ लाख १९ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेर ८८ करोड ८२ लाख ५५ हजार रुपैयाँ, सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन मुनाफा १४.७२ प्रतिशत बढेर ८ अर्ब २२ करोड ७५ लाख ७१ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ५८.२० प्रतिशत बढेर ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष ९.९९ प्रतिशत बढेर २० अर्ब ६२ करोड १९ लाख ५९ हजार रुपैयाँ, निक्षेप १४.९९ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ र कर्जा ३०.२३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्