नेपाल बङ्गलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको कलकत्तामा « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

नेपाल बङ्गलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको कलकत्तामा



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ्नो १ सयऔं शाखा साउन २८ गतेबाट सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्