प्राइम कमर्सियल बैंकका सबै सूचकमा छलाङ, नाफा ३.२५ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ६५ प्रतिशत बढ्यो « Arthapath.com
३० श्रावण २०७८, शनिबार

प्राइम कमर्सियल बैंकका सबै सूचकमा छलाङ, नाफा ३.२५ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ६५ प्रतिशत बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४४.५६ प्रतिशत बढेर ३ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड १४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज अहाम्दानी २८.२६ प्रतिशत बढेर ५ अर्ब ९५ करोडल२१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ६४ करोड ६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशत बढेर १ अर्ब २९ करोड ९७ लाख ३२ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४३.७७ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ९२ लाख १५ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ६४.८३ प्रतिशत बढेर २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ र कुल सञ्चालन मुनाफा ७.५२ प्रतिशत घटेर ७ अर्ब ८६ करोड २१ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७६ करोड ६२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर १६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ, जगेडा कोष ९.१३ प्रतिशत बढेर ७ अर्ब ८४ करोड १६ लाख ६२ हजार रुपैयाँ, निक्षेप २९.०६ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १४ करोड ९९ लाख ६५ हजार रुपैयाँ र कर्जा २२.५९ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब ३७ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्