प्रभु बैंकको नाफा ६८.४५ प्रतिशत उछाल, ब्याज अम्दानी ५ अर्ब रुपैयाँ नाघ्यो, इपीएस १७ रुपैयाँ ७३ पैसा पुग्यो « Arthapath.com
३० श्रावण २०७८, शनिबार

प्रभु बैंकको नाफा ६८.४५ प्रतिशत उछाल, ब्याज अम्दानी ५ अर्ब रुपैयाँ नाघ्यो, इपीएस १७ रुपैयाँ ७३ पैसा पुग्यो



काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६८.४५ प्रतिशत बढेर २ अर्ब १ करोड रुपैयाँ १६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १९ लाख ४२ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्ष आवको असार मसान्तसम्ममा बैंकको खुद ब्याज अम्दानी ११.०९ प्रतिशत बढेर ५ अर्ब २ करोड २१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड ९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो

समिक्षा अवधिमा बैंकको फि कमिशनमार्फत आम्दानी २४.३१ प्रतिशत बढेर १ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.१४ प्रतिशत बढेर २ अर्ब ९६ करोड ३२ लाख १५ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६ं९३ प्रतिशत बढेर १ अर्ब ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेर ६ अर्ब ९० करोड २ लाख २८ हजार रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ, जगेडा कोष १५.६१ प्रतिशत बढेर ४ अर्ब ४५ करोड ७८ लाख १६ हजार रुपैयाँ, निक्षेप संकलन २८.०३ प्रतिशत बढेर १ खर्ब ६४ अर्ब ८३ करोड २१ लाख ५४ हजार रुपैयाँ, कर्जा लगनी ३६ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब १७ करोढ १२ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट घटेर १.६८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी समेत ११ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्