मुक्तिनाथ विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ? « Arthapath.com
६ असार २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातामा ४.५० प्रतिशतदेखि ५.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएको हो । बैंकले मुद्दती निक्षेप खातामा पनि ब्यक्तिगततर्फ ३ महिनाचन्दा माथिकोमा ९.५० प्रतिशत ब्याज दिनेछ । त्यस्तै, मुद्दती निक्षेप खातामा संस्थागतर्फ ९.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले कर्जातर्फ विभिन्न लोनमा बेस रेट प्लस सहित सप्रमियम अप टू मा २ प्रतिशत देखि ६ प्रतिशतसम्ममा कर्जा उपलब्ध गराउने भएको हो । साउन महिनामा बैंकको बेस रेट ८.०८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्