राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुन-कुन संस्थाले कति घटाए ? « Arthapath.com
६ आश्विन २०७८, बुधबार

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुन-कुन संस्थाले कति घटाए ?



काठमाडौं । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर परिवर्तन गर्न थालेका छन् । राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि गरिमा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज जनाएके थियो । तर ०.५ प्रतिशत परिवर्तन अर्थात घटाएर ९.५ प्रतिशतमा सीमित गरेको हो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकले मुद्दति निक्षेपमा दिने भनेको ब्याजदर घटाएको हो । बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । तरु केन्द्रिय बैंकको निर्देशनपछि ०.५ प्रतिशत घटाएर ९.५ प्रतिशतमा सीमित गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले साधारण बचत र मुद्दति निक्षेपमा कम्तीमा बढीमा ५ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने हुन्छ । तर रेमिट्यान्स बचतको हकमा ६ प्रतिशत स्प्रेड कायम गर्न पाइन्छ ।

त्यस्तै, सिटिजन्स बैंकले पनि ब्याज परिवर्तन गरेको छ । यसअिघ असोज ४ गते प्रकाशित गरेको दशै तिहार मुद्दति निक्षेप योजना स्थगित गरिएको भन्दै नयाँ सूचना निकालेको छ ।

त्यस्तै, मञ्जुश्री फाइनान्सले भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागु गर्ने जनाएको छ । उसले असोज ४ गते नयाँ ब्याजदर सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । तर उसले उक्त सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने प्रस्ट पारेको छ । यसैगरी, प्रोग्रेसिभ फाइनान्सले पनि भदौ ३१ गते र असोज १ गते दुई वटा ब्याजदर सम्बन्धी सूचना जारी गरेको थियो । तर फाइनान्सले बुधबार एक सूचना जारी गर्दै पुरानै ब्याजदर लागु हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्