नोटलाई जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

नोटलाई जतनसाथ प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध



काठमाडौं । नेपाल राष्ट्र बैंकले जतनसाथ प्रयोग गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपाली नोटलाई जतनसाथ प्रयोग गर्न अुनरोध गरेको हो ।

  • नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ ।
  • नोटको जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौं ।
  • नोटमा केरमेट नगरौं, नोटलाई मैलो पार्ने कुनै काम नगरौँ, सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ ।
  • कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरौँ ।
  • नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यस्तो कार्य बन्द गरौँ ।
  • धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत आदि नपारौँ । बरु खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गरौँ ।
  • भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरू पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ वा जानकारी दिऔं ।


प्रतिक्रिया दिनुहोस्