सिटिजन्स बैंकको शाखा लुट्न खोज्दा ३ जना पक्राउ, सुरक्षा गार्डलाई लुटेरा समूहले गोली चलाए « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

सिटिजन्स बैंकको शाखा लुट्न खोज्दा ३ जना पक्राउ, सुरक्षा गार्डलाई लुटेरा समूहले गोली चलाए



काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित कर्सिया शाखामा बैंक लुट्ने प्रयास गरेका छन् । भारतीय लुटेरा समूहले मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास गरेको हुन् तर उक्त प्रयास असफल भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले उक्त समूह प्रवेश गरेको थियो । तर उक्त समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले गोली चलाएको थियो । गोली लागि सुरक्षा गार्ड कुँवर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्