बैंकहरूले जथाभावी ब्याजदर बढाएपछि एक्सनमा उत्रियाे राष्ट्र बैंक, अव महिनामा १० प्रतिसत मात्र घटाउन/बढाउन पाइने « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

बैंकहरूले जथाभावी ब्याजदर बढाएपछि एक्सनमा उत्रियाे राष्ट्र बैंक, अव महिनामा १० प्रतिसत मात्र घटाउन/बढाउन पाइने



काठमाडाैँ । कात्तिक १ गतेदेखी लागु हुनेगरी वाणिज्य बैंकहरूले जथाभावी ब्याजदर बढाएपछि नियामक निकाय राष्ट्र बैँक एक्सनमा उत्रिएकाे हाे ।

राष्ट्र बैंकले मंगलबार राति ३ बुँदे निर्देशन जारी गर्दै अश्वभाविक बढाइएकाे ब्याजदरमा सिलिङ ताेकेकाे हाे । २ दिनअघि प्रकाशित ब्याजदर कार्यन्वयन नगर्न बैैंंक तथा वित्तिय संस्थालाई निर्देशन जारी गरेकाे छ ।

बैंकहरूले अव भदाै महिनामा प्रकाशित निक्षेपकाे ब्याजदरमा अधिकतम १० प्रतिसत भन्दा बढि दिन पाइनेछैन । यस निर्देशनले अव निक्षेपकाे व्याजदरमा केहि तल अाउनेछ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालकाे हस्ताक्षरित निर्देशन अनुसार अव बैंकहरूले संस्थागत डिपाेजिट भन्दा सर्वसाधारणलाई १ प्रतिसत बढि व्याज दिनुपर्नेछ ।

साे व्याजदर भाेली कात्तिक ३ गतेनै बैंकले अाफ्नाे वेभसाइटमा प्रकाशित गरी लागु गर्न निर्देश दिएकाे छ । साथै बैंकहरूले परिवर्तित व्याजदर कात्तिक ५ गतेभित्र पत्रपत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्